Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एएनपी नेशनल अवार्डस–२०२१ हुने


  • बिहिबार, कार्तिक ४ २०७८

  • एएनपी नेशनल अवार्डस–२०२१ हुने

    काठमाडौं– विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ ।
    स्रष्टा र सर्जकको सम्मानमा पहिलो पटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजनागर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन् । उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । यसका लागि निःशुल्क रुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए ।
    शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले जानकारी गराए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij