Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोल्पामा गाडी दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते


  • आइतबार, असोज २४ २०७८

  • रोल्पामा गाडी दुर्घटना,  चालकको मृत्यु, सहचालक घाइते

    रोल्पा – रोल्पामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
    आइतबार बिहान ९ बजेतिर रोल्पा नगरपालिका–१
    सल्लीबोटबाट सोही नगरको वाखोलातर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको निजी बोलेरो छेरा पोखरा भन्ने ठाउँमा झन्डै ३० मिटर तल खसेको थियो।
    दुर्घटनामा परी रोल्पा नगरपालिका– १ खेवासे गाउँका २० वर्षीय चालक गोवर्द्धन घर्तीको मृत्यु भएको छ। सहचालक सोही वडाका २३ वर्षीय नवीन पुनको गम्भीर अवस्थामा जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको रोल्पाका प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij