Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारत भ्रमणमा रहेको कांग्रेस टोली र भाजपा महासचिव अरुण शिंह विच भेटवार्ता


  • शनिबार, असोज २३ २०७८

  • भारत भ्रमणमा रहेको कांग्रेस टोली र भाजपा महासचिव अरुण शिंह विच भेटवार्ता

    काठमाडौ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले दोस्रो दिन भारतीय जनता पार्टीका महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न गरेको छ ।

    भाजपाको मुख्यालयमा अत्यन्त सौहार्द्रपूर्ण वातावरणमा भएको वार्तामा दुई पार्टीका वर्तमान र भावि कार्यक्रमहरुका बारेमा एकापसमा जानकारी आदानप्रदान भएको थियो । यस अवसरमा दुई पार्टीहरुको बीचमा आपसी सम्बन्ध अभिबृद्धि गरेर जनस्तरको सम्बन्ध झन मजबूत बनाउने विषयमा पनि छलफल भएको छ ।

    वार्तामा नेपाल भारतबीचको अनुपम सम्बन्धलाई अझ विकसित र सुमधुर बनाउन समय समयमा देखा पर्ने समस्याहरुलाई शीघ्र समाधान गर्नुपर्ने विषयमा समान धारणा बनेको छ ।

    ‘दुवै देशबीच आपसी सम्बन्ध झन मजबूत र सुमधुर बनाउन यो वार्ता सार्थक भएको छ । बीजेपीले प्रदान गरेको सत्कार र न्यानो आतिथ्यप्रति हामी कृतज्ञ छौ ।’सहमहामन्त्री डा. महतले भने ।

    टोलीमा कांग्रेस नेता उदय शमसेर राणा र अजय चौरसिया समेत सहभागी थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij