काठमाडौँ – चर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ८ जनालाई दोषी ठहर गरिएको छ । मोरङ जिल्ला अदालतले आज फैसला सुनाउदै गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।
२०७४ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धीत व्यक्ति सम्म नपुर्याई गायव पारिएको थियो । सुन ल्याउने भरिया सनम शाक्यको हत्या समेत भएको थियो । घटनामा नेपाल प्रहरी उपराध अनुशधान विभागका ताकालीन एसएसपी दिवेश लोहनी सहित डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल समेत आरोपित थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
