काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन । मन्त्री परिषद विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले केहिदिन यता सत्ता गठबन्धनका दलहरुसंग मन्त्रीको नाम माग्दै ताकेता गरेका छन । अहिले माओवादीवाट दुई र कांग्रेसबाट चार मन्त्री सरकारमा छन ।
आजको विस्तारमा १८ मन्त्री थपिने छन ।कांग्रेसबाट पुष्पा भुसाल, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बढु मन्त्री बन्ने चर्चा छ । भिमसेन दास प्रधान वा उमाकान्त चौधरी मध्य एक जना पनि कांग्रेसबाट मन्त्री बन्ने छन ।
माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने गरी दाहालले आन्तरिक छलफल गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए । ने
कपा एकिकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठ मन्त्री बन्ने छन भने किसान श्रेष्ठको सम्भावना भए पनि निश्चित भने भइसकेको छैन ।
जनता समाजवादीवाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री बन्ने चर्चा छ । अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने इच्छा देखाएका छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
