Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ८३४ जनामा कोरोना संक्रमण


  • आइतबार, असोज १० २०७८

  • थप ८३४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij