Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश २ मा लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब


  • बिहिबार, भाद्र ३१ २०७८

  • प्रदेश २ मा लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब

    जनकपुरधाम – प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि भनेर सुरु गरेको ‘हेल्लो सिएम’एप प्रयोगविहीन बनेको छ ।
    ६ लाख खर्चेर एप बनाई पनि प्रदेश सरकारले कार्यक्रम नै अगाडि बढाएको छैन ।

    ११ कात्तिक २०७५ मा समुदा-प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप गुगलको प्लेस्टोरबाटै हराएको छ ।

    महिला हिंसामा परेको बखत एप डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।

    सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् ।

    इन्जिनियर आदित्य राजले ‘एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको बताए । न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij