काठमाडौं – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ ।
यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचय पत्र भने देखाउनु पर्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
