Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरमा प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि प्रदर्शन


  • सोमबार, भाद्र २१ २०७८

  • विराटनगरमा  प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि प्रदर्शन

    विराटनगर– जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् ।शुक्रबार लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको हिरासतमा मृत्यु भएपछि सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।
    आइतबार दिउँसो मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् ।
    उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् । प्रहरीले शुक्रबार कामतलाई तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij