Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फस्ट माइक्रोफाइनान्सले १० प्रतिशत बोनस शेयर दिने


  • आइतबार, भाद्र २० २०७८

  • फस्ट माइक्रोफाइनान्सले १० प्रतिशत बोनस शेयर  दिने

    काठमाडौं– फस्ट माइक्रोफाइनान्सले गत आव २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

    कम्पनीले चुक्ता पूँजीको १०.५३ प्रतिशतले हुन आउने ९ करोड २२ लाख ९६ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद गरी १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    कम्पनीले हाल कायाम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

    हाल कम्पनीको चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ छ । बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij