सुनसरी- सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ। शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।
भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए। तर इलेक्ट्रोनिक वस्तुमा भने २० प्रतिशतसम्म छुटको प्याकेज घोषणा गरेको छ।
इटहरीमा ३५ कट्ठा जमिनसहित ३ अर्ब लगानीमा खुलेको भाटभटेनीले मनोरञ्जनस्थलसहितको किनमेलको केन्द्र बनाएको छ। सञ्चालक गुरुङले प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोमा खुसी व्यक्त गरे।
इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरू भएको थियो। यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो।
तर कोभिड-१९ का कारण परियोजना सम्पन्न हुन ढिला भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
