मेरो नाम मोहम्मद मोजिबुल्लाह हो । म रौतहमा रहेर पत्रकारिता गर्दै आएको छु ।
केही दिन अघि साँझको करिव पाँच वजेको थियो, मेरो मोवाइलमा घण्टी बज्यो । फोन ग्रिन सिग्नल रेष्टुरेण्टका संचालक राकेश शिह को थियो । उनले विज्ञापनको सामग्री दिन भनेर मलाई बोल्यो । म केही क्षणमा रेष्टुरेण्टमा पुगे । उनले वस्न अनुरोध गर्दै के खानु हुन्छ भने । मैले केही पनि खान मन छैन भन्दै विज्ञापनको लिएर गइहाल्छु भने । उनी मलाई केहि खान भन्दै कर गर्न थाले । मैले एक गिलास पानी दिनुस खाएर गइहाल्छु भने ।
उनले केहि त खानु पर्छ भन्दै मेरो हात समातेर बसाए । खाजा आयो, मैले खाएर जान खोज्दा थप खाजा आइहाल्थ्यो । मैले पुग्यो भन्दा पनि कर गरेर जान दिएनन । करिव अदाई घण्टा खाजाको निहुँमा मलाई रोके पछि म त्यहाँबाट निस्किए । रेक्टुरेण्ट अघि रोकि राखेको आफ्नो मोटर साइकल चढेर त्यहाबाट म आफ्नो वाटो लागे ।
केहि अघि बढे पछि केहि मान्छेले मलाई रोके । उनीहरु प्रहरी रहेछन । मेरो मोटरसाइकलमा केहि गैरकानुनी सामान भएको भन्दै खोज्न थाले । म आश्चर्यमा परिरहेको थिए । उनीहरुले सिट खोल्न भने । मैले मोटरसाइकल वर्क सपमा गएर खोल्छु भने । उनीहरुले वर्कसपमा मोटर साइकल खोलेर हेर्न थाले । त्यत्तिकैमा एउटा प्रहरीले सामान कहाँ छ भन्ने मलाई थाहा छ भन्यो । उसैले साइलेन्सर को मुनपिट्टी बाँधेर राखेको पोका निकाल्यो । त्यसमा प्रतिवधीत लागु औषध रहेछ ।
त्यस पछि मलाई पेस्तोल कञ्चटमा ताकेर तथानाम गालि गर्दै जिल्ला प्रहरी कार्यालयमा लगियो । मैले त्यो सामान आफ्नो नभएको र मलाई फसाँइदै छ भने । तर मेरो कुरा कसैले सुनेन । पछि पत्रकार महासंघ रौतहटले मैले वाईक रोकेको अगाडीको औषधि पसलको सिसिटिभि फुटेज निकाल्यो । त्यमा सादा पोसाकका प्रहरी सहित अरू दुई जनाले मेरो बाइकमा लागू औषध राखेको देखियो । त्यहि सिसिटिभिको फुटेजले म निर्दोष सावित भए । नत्र गर्दै नगरेको अपराधमा म कति समय जेल भित्र कोचिन्थे थाहा छैन । महासंघ र अन्य साथीहरुको सहयोगले म थुनामुक्त भएको छु । तर अहिले पनि म त्रास मै छु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
