काठमाडौँ — सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
