काठमाडौं– प्रतिनिधि सभाको बैठक अघि सांसदहरुको शुक्रबार कोरोना परीक्षण गरिने भएको छ। संसद सचिवालयसँगको समन्वयमा स्वास्थ्य सेवा विभागले सांसदहरुको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।
विगतमा सांसदको पिसिआरमार्फत् कोरोना जाँच गरिदैँ आएकोमा यसपटक एन्टिजेन परीक्षण गर्न लागिएको हो।
संसद भवन बानेश्वरमा सांसदहरुको स्वाब संकलन हुनेछ। सांसदहरुलाई बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म संसद भवनमा आउन सचिवालयले खबर गरेको छ।
परीक्षणमा कोरोना देखिए सांसदलाई होम आइसोलेसनमा पठाइनेछ। कोरोना पोजेटिभ पाइए त्यस्ता व्यक्तिहरुलाई संसद बैठकमा सहभागि नगराउने सचिवालयको तयारी छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
