काठमाडौ – सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदहरुलाई पार्टीको ह्वीप नलाउने फैसला गरेको छ । संविधानको धारा ७६ ( ५ ) वमोजिम हस्ताक्षर गरेका सांसदहरुलाई ह्वीप नलाग्ने सर्वोचको फैसलामा उल्लेख छ । प्रतिनिधि सभा पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवलाई दुई दिन भित्र प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेशसंगै माधव नेपाल पक्षका सांसदलाई ह्वीप नलाउने फैसला आएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
