Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लागुऔषधसहित एक जना पक्राउ


  • आइतबार, असार १३ २०७८

  • लागुऔषधसहित एक जना पक्राउ

    धनगढी- सशस्त्र प्रहरीले कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६.९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij