Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप ५०४२ जनामा कोरोना संक्रमण


  • शनिबार, जेष्ठ २२ २०७८

  • २४ घण्टामा थप ५०४२ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिंदा ८ हजार २४३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६६० जना संक्रमितमध्ये १ हजार ४५१ जनाको आईसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    नयाँ संक्रमितमध्ये ९२३ जना काठमाडौं उपत्यका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij