काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
