काठमाडौं – चीनले नेपाललाई कोभिड १९ विरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।
टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
