काठमाडौं- सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए ।
झा बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिका रुपमा सञ्चालकमा चयन भएका हुन् । उनी लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
