Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको मौसम पूर्वानुमान


  • आइतबार, जेष्ठ २ २०७८

  • आजको मौसम पूर्वानुमान

    काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    भने, हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij