Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाको पक्षमा संसदमा बहुमत , प्रधानमन्त्री दावी गर्ने


  • सोमबार, बैशाख २७ २०७८

  • देउवाको पक्षमा संसदमा बहुमत , प्रधानमन्त्री दावी गर्ने

    काठमाडौ – नेपाली कांग्रेस संसदिय दलका नेता शेरबहादुर देउवाको पक्षमा बहुमत जुटेको छ । प्रतिनिधि सभा मा प्रधानमन्त्री बन्नका लागी आवश्यक संख्या जुटेकाले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने व्यवस्था अनुरूप देउवाले राष्ट्रपति समक्ष सरकार बनाउने दावी प्रस्तुत गर्ने कांग्रेस स्रोतले बताएको छ ।

    देउवालाई आफ्नो दल सहित माओवादी ,केन्द्र एमालेको माधव – झलनाथ समूह र जनता समाजवादी का सांसदहसको समर्थन छ । सरकार बनाउने विषयमा आजै देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच छलफल भएको छ । छलफलमा कांग्रेस नेता बालकृष्ण खाँण र माओवादी नेता वर्षमान पुन सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij