Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. भट्टराईको ट्युमरको सफल शल्यक्रिया


  • शुक्रबार, बैशाख १७ २०७८

  • डा.  भट्टराईको ट्युमरको सफल शल्यक्रिया

    काठमाडौं – पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ। डा. भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो।

    उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्।

    काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij