काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि सरकारले आजवाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैसाख २२ गते सम्मलाई निषेधाज्ञाको सुचना जारी गरे पनि कम्तीमा थप एक साता लम्बिने निश्चित छ । निषेधाज्ञा सुरु भएसंगै काठमाडौं उपत्यका सुनसान भएको छ ।
चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने निषेआज्ञा उलंग्धन गर्नेलाई वाटोमै उम्याएर सजाएँ दिइएको छ । एम्बुलेन्स, दुध, पानी, प्रेस, खाद्यान्न, तरकारी बोक्ने गाडी जास्ता अत्यावश्यक सेवाका सवारी साधन चलेका छन । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरवाट वाहिर ननिस्किन आदेश जारी गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
