Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञा कम्तीमा १५ दिन गर्ने मन्त्रिपरिषदको निर्णय


  • मंगलबार, बैशाख १४ २०७८

  • निषेधाज्ञा कम्तीमा १५ दिन गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
    उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
    १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अब काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।
    मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ । सो निर्णयअनुसार बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij