Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १ हजार जनामा कोरोना संक्रमण पुष्टि


  • आइतबार, बैशाख ५ २०७८

  • थप १ हजार  जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
    हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij