Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतको मध्यप्रदेशमा शुक्रबार देखि सोमबारसम्म लकडाउन


  • बिहिबार, चैत्र २६ २०७७

  • भारतको मध्यप्रदेशमा शुक्रबार देखि सोमबारसम्म लकडाउन

    भारत – भारतको मध्यप्रदेशको सबै शहरमा शनिबार–आइतबार दुई दिन लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री शिवराज सिंह चौहानले बिहिबार नै यसबारे घोषणा गरेका हुन् । चौहानले यो लकडाउन शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म अर्थात् ६० घण्टाको हुने जानकारी दिए । सरकारको यो निर्णय मध्यप्रदेशको सबै साना–ठूला शहरमा लागू हुनेछ । हालसम्म यहाँका १३ शहरमा एकदिनको आइतबार लकडाउन लागू थियो ।

    एकदिन अघि मात्रै मध्यप्रदेशको सबै शहरमा नाइट कर्फ्यूको घोषणा गरिएको थियो । तर बुधबार २४ घण्टामा रेकर्डस्तर ४३२४ कोरोना बिरामी भेटिएपछि सरकारले शनिबार–आइतबार लकडाउनको घोषणा गरेको हो । यसबारे घोषणा गर्दै मुख्यमन्त्रीले उनको उद्देश्य कहिल्यै पनि लकडाउनको नभएको बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij