Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ


  • बिहिबार, चैत्र १२ २०७७

  • बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

    सप्तरी – सप्तरीमा बालिका बलात्कार मुद्दामा दोषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
    मुखियालाई उनको गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मुखियाले २०६४ साल असोज ९ गते बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै मुद्दा परेको थियो ।
    उक्त मुद्दाको सप्तरी जिल्ला अदालतले २०७५ साल असार ५ गते फैसला गर्दै श्यामलाई १३ वर्ष कैद सजाय तोकेको थियो ।

    पक्राउ परेका मुखियालाई जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij