Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिएफएसकेको नयाँ एसयुभी ‘ग्लोरी आई–अटो’ बजारमा


  • बिहिबार, चैत्र १२ २०७७

  • डिएफएसकेको नयाँ एसयुभी ‘ग्लोरी आई–अटो’ बजारमा

    काठमाडौं– नेपाली बजारमा डिएफएसकेको एड्भान्स सिरिज ‘ग्लोरी आई–अटो’ एसयुभी गाडी सार्वजनिक भएको छ। डिएफएसकेको नेपालका लागि आधिकारीक वितरक कुजू प्रालिले बुधबार एक कार्यक्रममाझ ग्लोरी आई–अटो सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार ग्लोरी आई–अटो एक इन्टेलिजेन्ट एसयुभी हो। यो गाडीमा धेरै फिचरहरू ‘भ्वाइस कमान्ड’ बाट अर्थात् बोलेर चलाउन सकिन्छ। यसमा आईटक नामक एस भ्वाइस कमान्ड विशेषता छ जसको सहायताले ‘हाई ग्लोरी’ कमान्ड दिएर गाडीका विभिन्न खालको काम गराउन सकिन्छ। यो फिचरबाट गाडी चलाउँदै फोन गर्न वा उठाउन, फोन कल हिस्ट्री हेर्न, गीत सुन्न र बन्द, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी गर्न सकिन्छ।

    यसैगरी गाडीलाई आवाज दिएर नै अगाडि पछाडिको विन्डो ग्लास र सनरुफ खोल्ने वा बन्द गर्ने सकिने छ। यसलाई एक सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने कम्पनीले जनाएको छ। ग्लोरी आई–अटो ७ सिटर एसयुभी हो। यो एसयुभीमा नेपाली बाटोका लागि उपयुक्त हुनेगरी १८ इन्चको अलोय ह्विल छ र यसको अगाडि र पछाडि दुवैतर्फ एलइडी लाइट प्रयोग गरिएको छ।

    यात्रुका सुरक्षाका लागि अगाडि ४ वटा एयरब्याग र चारै चक्कामा डिस्क ब्रेक छ। यो एसयुभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट छ जसले गर्दा दुवै हातमा सामान लिएर गाडीको बुटमा राख्न सहज हुन्छ। हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर आई–अटोका नयाँ फिचरमध्ये पर्छ। यसमा जडान भएको अलार्म सिस्टम तथा इमोबिलाइजरले यो गाडी चोरी हुने समस्या कम गर्छ।

    यसअघि डिएफएसकेले ग्लोरी सिरिजका ५६० र ५८० एसयुभी बिक्री गर्दै आएको थियो। अब भने नयाँ मोडल आई–अटो पनि बजारमा उपलब्ध भएको छ। नेपाली बजारमा ग्लोरी आई–अटोको मूल्य ८९ लाख ५० हजार रूपैयाँ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij