Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङमा स्कुल बस दुर्घटना हुँदा एक छात्राको मृत्यु, २२ जना घाइते


  • मंगलबार, चैत्र १० २०७७

  • दाङमा स्कुल बस दुर्घटना हुँदा  एक छात्राको मृत्यु, २२ जना घाइते

    दाङ – दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका– १६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
    तुलसीपुर उपमहानगरपालिका– १५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij