Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टायर पड्किएर गाडी दुर्घटना हुँदा कञ्चनपुरमा एकको मृत्यु, ६ जना घाइते


  • बुधबार, चैत्र ४ २०७७

  • टायर पड्किएर गाडी दुर्घटना हुँदा कञ्चनपुरमा  एकको मृत्यु, ६ जना घाइते

    कञ्चनपुर– कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।

    बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।
    मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ।
    घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij