Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक


  • मंगलबार, चैत्र ३ २०७७

  • शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक

    काठमाडौं – प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
    मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
    पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।
    शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए ।
    अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij