Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले दियो १ करोड


  • बुधबार, फाल्गुन २६ २०७७

  • पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले दियो  १ करोड

    काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको १ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो ।

    बैंकसंचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बीच सो सम्बन्धी चेक हस्तान्तरण गरे ।
    उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij