Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे


  • शुक्रबार, फाल्गुन २१ २०७७

  • विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
    शुक्रबार बिहान काठमाडौं आएका विप्लव दिउँसो निजी नम्बर प्लेटको गाडीमा बालुवाटार पुगेका हुन्। बालुवाटारमा छलफलपछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभा गृह जाने छन्। त्यहाँ सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम छ। कार्यक्रममा दुबै जनाले सम्बोधन पनि गर्नेछन्।
    विप्लव आजै नवलपुरबाट काठमाडौं आएका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij