Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • मंगलबार, फाल्गुन १८ २०७७

  • टिपरले दुईवटा मोटरसाइकललाई  ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

    काठमाडौं – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
    पूर्व पश्चिम राजमार्गमा भे८प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका करिब सात बजे ना८ख ५४५६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्तीसोनारी–८ का २५ वर्षीय ढगबहादुर खड्काको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय मानबहादुर खड्का र कोहलपुर–५ का ५१ वर्षीय सञ्जय चन्दको सोही अस्पतालमै उपचार भइरहेको छ ।
    दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij