काठमाडौं – समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका उनी पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।
भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।
झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्ककार आइतबार नै गरिएको छ ।
यसैबीच डा. उप्रेतीको निधनमा शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
