Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घुससहित सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ


  • बिहिबार, फाल्गुन १३ २०७७

  • घुससहित सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ।
    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैंडहवा(३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
    काष्ठ फर्निचर उधोग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
    उनीहरूलाई रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं। ३ बाट बिहीबार बिहान १० बजे नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij