Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्योती लाइफले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति


  • सोमबार, फाल्गुन १० २०७७

  • ज्योती लाइफले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति

    काठमाडौं–ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।  ज्योती लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो  ।
    कम्पनीले १०० रुपैयाँ दरको आइपिओ निष्काशन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।

    आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij