Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानी राजदूत र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता


  • बिहिबार, फाल्गुन ६ २०७७

  • जापानी राजदूत र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

    काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् । राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।

    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताए ।

    सो क्रममा जापानी राजदूत सइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका थिए । उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij