काठमाडौं –बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको हो । भागरथी भट्टको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले बुधबार नै दिनेशलाई सार्वजनिक गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
