सप्तरी – सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीबाट एकजना लेखापढी व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ गरेको हो । आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
