Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिंगटी हाइड्रो इनर्जीको आइपिओ भर्ने म्याद थप


  • आइतबार, माघ १८ २०७७

  • सिंगटी हाइड्रो इनर्जीको आइपिओ भर्ने म्याद थप

    काठमाडौं – सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपीओ भर्ने म्याद थप भएको छ । सिंगटीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले अव फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले छिटोमा माघ ४ गतेदेखि आइतबार माघ १८ गते सम्म आइपीओ भर्ने समय तोकेको थियो । मागअनुसार आवेदन नपरेपछि आइपीओ भर्ने म्याद फागुन ३ गतेसम्म थपिएको हो ।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको छ । यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij