Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि


  • सोमबार, पुष २० २०७७

  • थप ४०३ जनामा कोरोना  संक्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा पुरुष २४४ र महिला १५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै सोही अवधिमा ५९४ संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ ।
    यसैबीच बितेको २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल देशभर ५ हजार २८९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
    हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ र निको हुनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ। यस्तै मृतकको कुल संख्या १८८५ रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij