काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर–२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
