काठमाडौं – नेपाल प्रहरीका ९ एसएसपीहरु डिआइजी मा वढुवा सिफारिस भएका छन । एसएसपीहरु गणेश ऎर पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
