Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु


  • बुधबार, पुष ८ २०७७

  • कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

    नवलपुर– नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
    गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ट्रक खसेको हो। ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
    लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको हो ।
    मृतकको परिचय खुलिसकेको छैन। घटनास्थल पूर्व पश्चिम राजमार्गदेखि करिब ३५ किमिको दूरीमा पर्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij