Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन


  • मंगलबार, पुष ७ २०७७

  • नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन

    काठमाडौं– अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

    वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij