Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको सिफारिस संविधान र संघिय गणतान्त्रिक शासन प्रणाली माथि बज्रपात : महासंघ


  • आइतबार, पुष ५ २०७७

  • प्रधानमन्त्रीको सिफारिस संविधान र संघिय गणतान्त्रिक शासन प्रणाली माथि बज्रपात : महासंघ

    काठमाडौं– प्रधानमन्त्री केपी शर्माले संसद विघटन गर्न सिफारिस गरेको घटनालाई नेपाल पत्रकार महासंघले संविधान विपरितको कदम भनि टिप्पणी गरेको छ । महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको कदम नेपालको संविधान ०७२ र संघिय लोकतान्त्रिक शासन प्रणाली माथि गम्भिर बज्रपात हुन पुगेको उल्लेख गरेका छन् ।
    ‘‘प्रधानमन्त्री ओलीको यो कदम ०६२–६३ को जनआन्दोलनको बलमा स्थापित संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्धारा जारी संविधानको सम्बैधानिक व्यवस्था विरुद्ध रहेको महासंघको ठहर छ ।’’ विज्ञप्तीमा भनिएको छ ।
    महासंघले प्रधानमन्त्रीको उक्त संविधान विपरितको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति समक्ष आग्रह गरेको छ । महासंघले सम्पुर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरुमा यसको विरोध गर्न आग्रह गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij