Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब ललितपुर महानगरमा पर्चा पम्प्लेट टाँस्न नपाइने


  • आइतबार, मंसिर २८ २०७७

  • अब ललितपुर महानगरमा पर्चा पम्प्लेट टाँस्न नपाइने

    ललितपुर – ललितपुर महानगरपालिकामा पर्चा पम्प्लेट टाँस्न नपाइने भएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थालेको छ र पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डमा रोक लगाएको छ ।
    पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेको छ ।
    तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । आइतबार सचेतना अभियानको शुभारम्भ गर्दै मेयर चिरिबाबु महर्जनले भने, ‘कसैले टाँसेको पाए उसलाई कारबाही गर्छौं, त्यसमा लेखिएको संस्थालाई पनि कारबाही गर्छौं ।’
    फुटपाथमा जथाभावी फोहोर फाल्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने महानगरले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij