काठमाडौं– रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।
५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा गाविस–४ हाल राजपुर नगरपालिका– ४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।
प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
